२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

राजकीय सम्मानसहित सीता दाहालको अन्त्येष्टि, प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती


सञ्चार डबली
  • बुधबार, असार २७ २०८०
  • 9.6K
    SHARES

  • images
    राजकीय सम्मानसहित सीता दाहालको अन्त्येष्टि, प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती

     

    काठमाडौं, २७ असार । नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टिको गरिएको छ ।बुधबार अपरान्ह पशुपति आर्यघाटमा उनको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । उनको पार्थीव शरीरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए भने नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो । दाहाललाई पति प्रचण्ड र छोरीहरु रेणु दाहाल र गंगा दाहालले दागबत्ती दिए ।

    बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएकी ६९ वर्षीया सीताको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा राखिएको थियो । पार्टी कार्यालयबाट अन्त्येष्टिका लागि उनको पार्थीव शरीरलाई पशुपति आर्यघाट ल्याइएको थियो । नर्भिक अस्पतालबाट दाहालको पार्थीव शरीरलाई पार्टी कार्यालय लगिएको थियो ।

    हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्राध्यापक डा। युवराज शर्माले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend