२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट निवेदन न्यायाधीश सपनाको एकल इजलासमा


सञ्चार डबली
  • बुधबार, असार २७ २०८०
  • 8.3K
    SHARES

  • images
    कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट निवेदन न्यायाधीश सपनाको एकल इजलासमा


    काठमाडौँ, २७ असार । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको दाबी गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आज न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा पेसी तोकिएको छ ।

    गत शुक्रबार दर्ता भएको उक्त रिट निवेदनमा चौथो पटक पेसी तोकिएको हो । यद्यपि, आइतबार, सोमबार र मंगलबार पेसी तोकिए पनि यो रिट निवेदनमा सुनुवाइ हुन सकेन । लगातार तीन दिन ‘हेर्न नभ्याइने’ सूचीमा परेको यो रिट निवेदन आज चौथो दिन पेसीमा चढेको छ ।

    कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभामा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि कार्कीले परमादेश माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend