२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् मुख्य एजेन्डा


सञ्चार डबली
  • बुधबार, असार २७ २०८०
  • 8.5K
    SHARES

  • images
    कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् मुख्य एजेन्डा

     

    काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुँदै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ः०० बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव ड. प्रदीप पराजुलीले जानकारी दिएका छन् । बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी सङ्गठनका विविध विषयमा छलफल हुने उले बताए । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समितिको बैठकमा पेस गर्ने अजेण्डा तय गर्न अहिले (बिहान) सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारीहरू छलफलमा जुटेका छन् ।

    पदाधिकारीसहितको बैठकले तय गरेको अजेन्डा दिउँसो बस्ने केन्द्रीय समितिको बैठकमा महामन्त्रीले पेस गर्ने छन् ।विधानत प्रत्यक दुई÷दुई महिनामा बस्नु पर्ने कांग्रेस केन्द्रीय समितिको बैठक एक वर्षपछि बस्न लागेको हो । गत असार २७ देखि सुरु भएर साउन २ गते केन्द्रीय समिति बैठक सकिएपछि कांग्रेसमा फेरि अर्को बैठक बसेको थिएन ।

    एक वर्षपछि बस्न लागेको केन्द्रीय समितिको बैठकमा आठ महिना अघि भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन समिक्षाका साथै नीति महाधिवेशन, क्रियाशील सदस्यताका साथै समसामयीक विषयमा छलफल हुने कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विकले जानकारी दिए ।
    पार्टी पदाधिकारीहरू अजेन्डा तय गर्न छलफलमा रहेको जनाउँदै विकले भने,‘ प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समिक्षा, नीति महाधिवेशन, क्रियाशील सदस्यताका साथै अहिलेका समसामयीक विषय नै बैठकका मुख्य अजेन्डा हुन् ।’

    विधान अनुसारका संगठनलाई पूर्णता दिने, संगठनलाई चलायनमान बनाउन भ्रातृ संगठनका केन्द्रीय समिति गठनसहितका विषयमा बैठकमा छलफल हुनेछ । साथै, संस्थापन पक्षले विधान विपरित पार्टीका नाममा गरिएका विभिन्न कार्यक्रमहरूका विषयमा पनि प्रशन उठाउने तयारी गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend