२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन


सञ्चार डबली
  • बुधबार, असार २७ २०८०
  • 9.2K
    SHARES

  • images
    प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन


    काठमाडौँ, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ । लामो समय देखि अस्वस्थ सीताको आज बिहान अचानक शरिरमा अक्सिजनको मात्र घटेपछि नर्भिक अस्पतालमा उपचारका लागि लगिएको थियो । बिहान सवासात बजे थप उपचारका लागि नर्भिक पु¥याइएको थियो । तर, उनको उपचारको क्रममा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमो ८ बजेर ३३ मिनेट निधन भएको अस्पतालले जनाएको छ ।

    सीता पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित थिइन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी)भनिन्छ । छोरा प्रकाश दाहालको असामयिक निधनपछि सीतालाई रोगले झन च्यापेको थियो ।उनको पार्थीव शरिरलाई श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि १ बजेसम्म नेकपा माओवादीको केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ । त्यसपछि दिउँसो २ बजे पशुपतिमा अन्तिम संस्कारका लागि लगिने माओवादी सचिवालययले जानकारी गराएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend