२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

योजना आयोगका उपाध्यक्ष र चिनियाँ समकक्षीबीच बेइजिङमा भेटवार्ता


सञ्चार डबली
  • मंगलबार, असार २६ २०८०
  • 8.7K
    SHARES

  • images
    योजना आयोगका उपाध्यक्ष र चिनियाँ समकक्षीबीच बेइजिङमा भेटवार्ता

     

    काठमाडौं, २६ असार । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (एनडिआरसी) का उपाध्यक्ष छोङ्ग लियाङ्गबीच चीनको वेइजिङ्ग स्थित एनडिआरसीको कार्यालयमा भेटवार्ता भएको छ । 

    उक्त भेटवार्ताका क्रममा योजना आयोग र एनडिआरसीका बीचमा सन् २०१८ र २०१९ मा भएका सम्झौताहरु अनुसारका कार्यक्रमहरु मध्ये सम्पन्न हुन बाँकी कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाउने समझदारी भएको छ । त्यसक्रममा नेपाल र चीन सरकारको तर्फवाट गर्नुपर्ने कामका बारेमा विस्तृत रुपमा छलफल भएको थियो ।

    नेपाल आगामी १६औ योजना तर्जुमा गर्न गइरहेको सम्वन्धमा आगामी दिनमा चिनियाँ समकक्षी निकाय एनडिआरसीको अनुभव सेयर गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो । एनडिआरसी उपाध्यक्ष डा. श्रेष्ठले (एनडिआरसी) का उपाध्यक्ष लियाङलाई उपयुक्त समयमा नेपाल भ्रमण गर्न निमन्त्रणा दिएका छन् । 

    पहिले राज्य योजना आयोग (स्टेट प्लानिङ कमिसन) को रुपमा रहेको यस चिनिया संस्था हाल (एनडिआरसी) को रुपमा चिनिन्छ । यसै आयोगद्वारा अगाडि बढाइएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) हाल कार्यान्वयनको चरणमा रहेको छ । 


    चिनिया विकास उपमन्त्रीसँग छलफल     

    त्यसैगरी आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र चाइना इन्टरनेसनल डेभलपमेन्ट एजेन्सी (सिआईडिसिए)का उप मन्त्री डेङ बोगिङबीच द्धिपक्षिय भेटवार्ता समेत भएको छ । चीनको राजधानी वेइजिङ्गमा आयोजना भइरहेको ‘फोरम अन ग्लोबल एक्सन फर शेयर्ड डेभलपमेन्ट’ सम्बन्धी पहिलो उच्च स्तरीय अन्तर्राष्ट्रिय सम्मेलनको आयोजक संस्थाको रुपमा रहेको उक्त संस्था चीन सरकारको अन्तर्राष्ट्रिय सहयोग सम्वन्धी कामहरु हेर्ने निकाय हो ।

    उक्त भेटवार्ताका क्रममा दुई पक्षबीचमा चीन सरकारद्वारा नेपाललाई घोषणा गरिएका सहयोग अन्तर्गतका विभिन्न कार्यक्रम तथा परियोजनाको कार्यान्वयन प्रगति सम्बन्धमा छलफल भएको थियो । साथै पहिले समझदारी गरिएका प्रमुख कनेक्टीभिटीसँग सम्वन्धित आयोजनाहरुलाई छिटो अघि वढाउनका लागि दुवैतर्फवाट गर्नुपर्ने पुर्वतयारीका कार्यहरु बेलैमा सम्पन्न गर्ने बारेमा छलफल भएको थियो ।

    यी दुवै भेटवार्तामा चीनका लागि नेपाली पक्षवाट राजदूत विष्णुपुकार श्रेष्ठ लगायत दूतावासका उच्च अधिकारीहरु र नेपाली प्रतिनिधिमण्डलका सदस्य र चिन सरकारका उच्च अधिकारीहरु सहभागी थिए । मंगलबार आयोग उपाध्यक्षले चिनियाँ उपराष्ट्रपति हाङ चेफ्सँग भेटघाट गरी सोही दिन राति स्वदेश फर्कने कार्यक्रम छ । 
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend