२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आज १९.४३ अंकले घट्यो सेयर बजार, कति भयो कारोबार ?


सञ्चार डबली
  • मंगलबार, असोज २८ २०८२
  • 5.4K
    SHARES

  • images
    आज १९.४३ अंकले घट्यो सेयर बजार, कति भयो कारोबार ?

    काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १९.४३ अंक घटेको छ । सो गिरावटसँगै नेप्से २५२८ मा कायम भएको छ । कारोबार खुल्दा केही बेर बजार बढे पनि आधा घण्टामै ओर्लियो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ९७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ३६ करोडको भयो । ३३ कम्पनीको मूल्य बढ्दा २१४ को घट्यो भने ५ को स्थिर रह्यो ।

    व्यापार सबैभन्दा धेरे १.४८ प्रतिशत बढ्यो भने हाइड्रोपावर सबैभन्दा धेरै १.७१ प्रतिशत घट्यो । निर्जीवन बीमा १.१०, माइक्रोफाइनान्स ०.७९, उत्पादन तथा प्रशोधन ०.९८, जीवन बीमा ०.९८, लगानी १.१६, होटल तथा पर्यटन १.११, फाइनान्स १.४०, विकास बैंक १.०० र बैंकिङ ०.८२ प्रतिशत घटे ।

    दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । शुभम् पावर र ग्रामीण विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ५.८६, विन्ध्यबासिनी हाइड्रोपावरको ५.३१, सुपरमाइ हाइड्रोपावरको ४.८४ प्रतिशत बढ्यो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend