२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

राष्ट्रियसभाको बैठक मंगलवारसम्मका लागि स्थगित


सञ्चार डबली
  • सोमबार, असार २५ २०८०
  • 9.7K
    SHARES

  • images
    राष्ट्रियसभाको बैठक मंगलवारसम्मका लागि स्थगित

     

    काठमाडौं, २५ असार । राष्ट्रियसभाको बैठक सरेको छ ।संघीय संसद भवन, नयाँ वानेश्वरमा बस्न लागेको उक्त बैठक मंगलवार बिहान ११ः०० बजेसम्मका लागि सरेको हो ।संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार शुक्रवारको बैठकमा विनियोजन विद्येयक २०८० माथी मन्त्रालयगत रुपमा छलफल हुने तय गरिएको थियो ।

    जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा मन्त्रालय, जलस्रोत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषी तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि छलफल हुँदै थियो ।

    साथै, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय माथी छुटाईएको बजेट माथी पनि छलफल हुने भन्दै सम्भाबित कार्यसुची पनि सार्बजनिक गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend