२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नेप्सेमा २२.५९ अंकको वृद्धि, कारोबार ५ अर्ब २७ करोडमा सीमित


सञ्चार डबली
  • बिहीबार , असोज २३ २०८२
  • 6.7K
    SHARES

  • images
    नेप्सेमा २२.५९ अंकको वृद्धि, कारोबार ५ अर्ब २७ करोडमा सीमित

    काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार नेप्से परिसूचक २२.५९ अंकले बढेर २,५८२ को विन्दुमा कायम भएको छ ।

    आज कारोबार खुलेको ३ मिनेटमै सकारात्मक सर्किट ब्रेक लागेर २० मिनेटपछि खुलेको बजार बढेर बन्द भएको हो ।

    नेप्सेमा यसदिन ३१३ वटा कम्पनीको १ करोड १८ लाख ३० हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २७ करोड माथिको सेयर कारोबार भएको हो । नेप्सेमा कारोबार भएका मध्ये २०० कम्पनीको सेयर मूल्य बढ्दा ४१ कम्पनीको सेयर मूल्य घटेको छ ।

    आज शिवम् सिमेन्टको सर्वाधिक २७ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा यूनियन हाइड्रोपावरको २७ करोड ११ लाख रुपैयाँ र तेस्रोमा हिमालयन रिइन्स्योरेन्सको २० करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    आज एशियन हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ५. ५४ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ९ प्रतिशतका दरले गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend