२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

फेरि मिटरब्याजपीडित आन्दोलित, माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन (फोटो फिचर)


सञ्चार डबली
  • आइतबार, असार २४ २०८०
  • 9.9K
    SHARES

  • images
    फेरि मिटरब्याजपीडित आन्दोलित, माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन (फोटो फिचर)

    काठमाडौं, २४ असार । मिटरब्याजपीडित फेरि आन्दोलित भएका छन् । मिटरब्याजविरूद्धको कानुन पारित गर्न माग गर्दै आइतबार पीडितहरु प्रदर्शनमा उत्रिएका हुन् । माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेकाक पीडितहरुले आफूहरुसँगको सहमति कार्यान्वयन गर्न माग गरेका छन् ।

    मिटरब्याजपीडितको न्यायका लागि भन्दै सरकारले ल्याएको विधेयक प्रमुख प्रतिपक्षी दल एमालेले गरेको सदन अवरुद्धका कारण निस्क्रिय भएपछि पीडितहरु आन्दोलनमा उत्रिएका हुन् ।

    गत २० वैशाखमा सरकारले ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक संविधानअनुसार ६० दिनभित्र संसदबाट पारित गर्नुपर्ने हुन्थ्यो । तर, निर्णयार्थ प्रस्तुत गर्ने दिन प्रधानमन्त्रीको राजीनामा मागेर एमालेले सदन अवरुद्ध गरेका कारण पारित हुन सकेन । जस कारण सो विधेयक निस्क्रिय हुन पुग्यो ।

    आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली गएको प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आएको छ । गत बुधबार उक्त विधेयक प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभाबाट पठाउनुपर्ने थियो । तर, सोही दिन दुवै सदन एमालेले अवरुद्ध गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend