२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

शरणाार्थी प्रकरणः आरजु राणाको नाम जोडिएको अडियो सन्देश शर्माको


सञ्चार डबली
  • आइतबार, असार २४ २०८०
  • 9.3K
    SHARES

  • images
    शरणाार्थी प्रकरणः आरजु राणाको नाम जोडिएको अडियो सन्देश शर्माको

     

    काठमाडौं, २४ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणाको नाम उल्लेख भएको अडियोेमा प्रतिवादी सन्देश शर्माकै स्वर रहेको स्पष्ट भएको छ । प्रहरी प्रधान कार्यालयले अडिओ नक्कली भुटानी शरणार्थी प्रकरणमा सार्वजनिक अडियो परीक्षण गर्दा प्रतिवादी दाङ तुल्सीपुर–१६ का ३४ वर्षीय सन्देश शर्माको स्वरसँग मेल खाएको जनाएको हो ।

    वैशाख २ गते आफ्नो नाम जोडिएपछि आरजु राणाले साइबर ब्युरोमा दिएको उजुरीको आधारमा गरिएको परीक्षणमा सन्देश शर्माको आवाज भएको दाबी गरेको प्रहरीले उक्त अडियो अडियो कहाँबाट र कसरी तयार भयो भन्ने सन्दर्भमा टिकटक सिंगापुरलाई पत्राचार गरेको भए पनि थप विवरण नआएको जनाएको छ ।

    उक्त अडियोमा आरजुलाई पनि पैसा दिइएको सन्देशले बोलेका छन् । तर, यसलाई आरजुले खण्डन गर्दै आफूले यसबारे जानकारी नै नभएको बताउँदै आएकी छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा सन्देश पुर्पक्षका लागि थुनामा छन् । उनीविरुद्ध गठी तथा संगठित अपराध असुरमा मुद्दा चलाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend