२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रधानमन्त्रीको आग्रहमा संसद बैठक दुई घण्टा पछि सारियो


सञ्चार डबली
  • आइतबार, असार २४ २०८०
  • 9.9K
    SHARES

  • images
    प्रधानमन्त्रीको आग्रहमा संसद बैठक दुई घण्टा पछि सारियो

    काठमाडौं, २४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा आइतबार दिउँसो डाकिएको प्रतिनिधिसभाको बैठक सारिएको छ । प्रधानमन्त्री प्रचण्डको आग्रहमा आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अपरान्ह ३ बजे बस्नेगरी सभामुख देवराज घिमिरेले सारेको सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

    ‘प्रधानमन्त्रीको अनुरोधमा सभामुखले १ बजेका लागि तय गरेको बैठक दुई घण्टापछि सार्नुभएको छ,’ उनले भने । प्रधानमन्त्री प्रचण्डले टेलिफोन गरेर बैठकको समय सार्न अनुरोध गरेपछि सभामुख घिमिरेले दुई घण्टापछि बस्नेगरी सारेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend