२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

संवाद र छलफलबाट सदनको गतिरोध अन्त्य गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह


सञ्चार डबली
  • आइतबार, असार २४ २०८०
  • 8.5K
    SHARES

  • images
    संवाद र छलफलबाट सदनको गतिरोध अन्त्य गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

    काठमाडौं, २४ असार । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदनमा देखिएको गतिरोधप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । गत बुधबारदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल एमालेले संघीय संसदको दुबै सदन अवरुद्ध गर्दै आएको छ ।

    आज पनि राष्ट्रिय सभा बैठकमा एमाले सांसदहरुले अवरोध गरेपछि अध्यक्ष तिमिल्सिनाले सदनको गतिरोध अन्त्य संवाद र छलफलबाट गर्न सत्ता र प्रतिपक्षी दलसँग आग्रह गरेका छन् ।

    आजको बैठकमा उनले चार दिनदेखि अवरुद्ध बनेको सदन चालु गराउन सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरूको बैठक राखी आपसी संवादको माध्यमबाट निकास निकाल्न आग्रह गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend