२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

संयुक्त राष्ट्र संघका उपमहासचिव जिन–पियरे आज नेपाल आउँदै


सञ्चार डबली
  • मंगलबार, असार १२ २०८०
  • 7.6K
    SHARES

  • images
    संयुक्त राष्ट्र संघका उपमहासचिव जिन–पियरे आज नेपाल आउँदै

     

    काठमाडौं, १२ असार । संयुक्त राष्ट्रसंघका उपमहासचिव आज नेपाल आउँदैछन् । राष्ट्र संघको शान्ति सेनाका विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स ४ दिवसीय भ्रमणका लागि आज नेपाल आउन लागेका हुन ।

    उपमहासचिव ल्याक्रोइक्सको भ्रमण कार्यसुची अनुसार उनले यस भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं रक्षामन्त्री पुर्णबहादुर खडका र परराष्ट्र मन्त्री एनपी साउदलगायतसँग शिष्टाचार भेट गर्नेछन् ।

    यसैगरी, उनले प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेटघाटको कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । उनले यस क्रममा नेपालले विश्वको शान्ति प्रक्रियामा दिएको योगदानका बारेमा उनले प्रशंशा गर्ने तथा थप जानकारी लिने कार्यक्रमसमेत रहेको छ ।

    संयुक्त राष्ट्रसंघको शान्ति सेनामा पठाउने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा रहेको छ भने सोही शान्ति सेनामा महिला सैनिक धेरै पठाउने देशमा भने नेपाल पहिलो नम्बरमा छ । जसका कारण पनि नेपाल शान्ति स्थापनार्थको मुद्धामा अग्रणी भुमिका खेलेको भन्दै राष्ट्र संघले उच्च प्रशंशा गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend