२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच भेटवार्ता


सञ्चार डबली
  • सोमबार, असोज १२ २०८३
  • 396
    SHARES

  • images
    अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच भेटवार्ता

    काठमाडौँ । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायीबीच भेटवार्ता भएको छ ।

    भेटमा अर्थमन्त्री वाग्लेले नेपालमा एसियाली पूर्वाधार लगानी बैंकको लगानी विस्तार, प्राकृतिक विपद्पछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच विस्तारका लागि बैंककी अध्यक्ष जियायीसँग आग्रह गरेका छन् ।

    कतारको राजधानी दोहामा भएको भेटवार्तामा नेपालमा पूर्वाधार विकासका लागि लगानी बढाउने तथा विपद्पछिको पुनर्निर्माणमा आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल भएको अर्थमन्त्री वाग्लेको सचिवालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend