२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

गत ४ दिन देखिको बाढी र पहिरोमा परि २१ जनाको मृत्यु, पाँच बेपत्ता


सञ्चार डबली
  • सोमबार, असोज १२ २०८३
  • 726
    SHARES

  • images
    गत ४ दिन देखिको बाढी र पहिरोमा परि २१ जनाको मृत्यु, पाँच बेपत्ता

    काठमाडौँ । पछिल्लो समय देशभर परेको अविरल वर्षा, बाढी र पहिरोका कारण २१ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज ८ गतेदेखि ११ गते साँझसम्मको विवरणमा विपद्का विभिन्न घटनामा पाँच जना घाइते भएका छन् ।

    प्राधिकरणका अनुसार यस अवधिमा ४२६ वटा विपद्का घटना भएका छन् । ती घटनाबाट ७४७ परिवार प्रभावित भएका छन् । बाढी, पहिरो र अविरल वर्षाका कारण १४३ घर पूर्ण रूपमा र ५१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

    सबैभन्दा बढी क्षति पहिरोबाट भएको छ । पहिरोका २५६ घटनामा १४ जनाको मृत्यु, पाँच जना बेपत्ता र चार जना घाइते भएका छन् । पहिरोबाट १४७ परिवार प्रभावित भएका छन् भने १९ घर पूर्ण र १२ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

    बाढीका ५३ घटनामा चार जनाको मृत्यु भएको छ। बाढीबाट ३५० परिवार प्रभावित भएका छन् भने १०१ घर पूर्ण र दुई घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।

    त्यस्तै, अविरल वर्षाका कारण भएका ११७ घटनामा तीन जनाको मृत्यु र एक जना घाइते भएका छन्। वर्षाका कारण २५० परिवार प्रभावित भएका छन् भने २३ घर पूर्ण र ३७ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

    प्राधिकरणका अनुसार असोज ५ गते नेपाल मौसम विज्ञान विभागले विशेष मौसमी बुलेटिन जारी गरेपछि उच्च सतर्कताका लागि अनुरोध गरिएको थियो । असोज ६ गते सरोकारवाला निकायसँग सम्पर्क गरी पूर्वतयारीमा लाग्न निर्देशन दिइएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend