२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

व्यवस्था संकटमा पर्यो, उल्टिन लाग्यो भनेर प्रधानमन्त्रीले के सन्देश दिन खोजेको हो ? –सांसद गैरे


सञ्चार डबली
  • आइतबार, वैशाख ३ २०८०
  • 9.1K
    SHARES

  • images
    व्यवस्था संकटमा पर्यो, उल्टिन लाग्यो भनेर प्रधानमन्त्रीले के सन्देश दिन खोजेको हो ? –सांसद गैरे


    काठमाडौं,वैशाख ३ गते । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थामाथि आक्रमण भयो भनी दिएको अभिव्यक्तिमाथि प्रश्न उठाएका छन्। राजनीतिक व्यवस्थामाथि संकट आएको भनेर प्रधानमन्त्रीले बोलेको कुरामाथि प्रतिनिधिसभा बैठकमा सांसद गैरेले टिप्पणी गरेका हुन्। उनले प्रधानमन्त्रीले यो व्यवस्था संकटमा पर्यो, उल्टिन लाग्यो भनेर के सन्देश दिन खोज्नुभएको हो भन्दै प्रश्न गरे ।

    आइतबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले भने– ‘यो सार्वभौम सदन चलिरहेको बेलामा यो व्यवस्थामाथि संकट आएको हो भने सदनमा प्रधानमन्त्री आउनुपर्यो, सदनलाई जानकारी गराउनुपर्यो । सदन सूचीत हुनुपर्यो कसले यो व्यवस्था उल्टाउन खोजीरहेको छ ? के कारणले संकट पैदा भएको हो ? ती सबै चुनौतीहरुलाई सामना गर्न संसद तयार हुनुपर्छ । प्रधानमन्त्रीले त्यो जानकारी सदनमा गराउनुपर्छ ।’

  • सम्बन्धित विषय:

  • # सांसद गैरे
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend