२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

पशुपतिनाथको जलहरीबारे सदनलाई सत्यतथ्य जानकारी गराउनुपर्छ : सांसद पौडेल


सञ्चार डबली
  • सोमबार, असार ११ २०८०
  • 8.4K
    SHARES

  • images
    पशुपतिनाथको जलहरीबारे सदनलाई सत्यतथ्य जानकारी गराउनुपर्छ : सांसद पौडेल

     

    पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीबारे सदनलाई सत्यतथ्य जानकारी दिन नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले माग गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा उनले जलहरीबारे भइरहेको गतिविधिबारे जानकारी मागेका हुन् । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितको टोलीले जलहरीको तौल र सुन भए नभएकोबारे अनुसन्धान गर्न भन्दै पशुपतिनाथ पुगेको थियो ।

    सोही प्रसङ्गलाई लिएर सोमबार संसद बैठकमा सांसद पौडेलले भने, ‘भएको के हो ? आज पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सुरक्षा निकाय, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्त्व विभाग, खानी तथा भूगर्भ विभाग र जनप्रतिनिधिहरूले त्यहाँको सुनको खोजी गरेर जोख्दै हुनुहुन्छ भन्ने सुनेका छौँ । कति सुन हराएको हो ? कति सुन बाँकी छ ? के स्थिति छ ? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन । सदन (संसद्)मा सत्यतथ्य जानकारी गराउन सम्माननीय समामुखमार्फत सम्बन्धित निकायलाई अनुरोध गर्दछु ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend