२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

सेनाको सङ्ख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुँने : उपप्रधानमन्त्री खड्का


सञ्चार डबली
  • सोमबार, असार ११ २०८०
  • 8.0K
    SHARES

  • images
    सेनाको सङ्ख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुँने : उपप्रधानमन्त्री खड्का

    काठमाडौं, ११ असार । नेपाली सेनाको सङ्ख्या कटौती गर्न उपयुक्त नहुने बताएका छन् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सेनाको संख्यालाई निरपेक्ष रुपमा हेर्न नहुने बताएका छन् ।

    आज प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा रक्षामन्त्री खड्काले सुरक्षा परिषद्को सिफारिसमा सरकारले सेनाको संख्याबारे निर्णय गर्ने कानुनी व्यवस्था रहेको बताएका हुन् ।

    उनले भने, ‘संविधान तथा कानुनले सुम्पिएको जिम्मेवारी, सरकारद्वारा समय–समयमा तोकिएका अन्य जिम्मेवारी, अन्तर्राष्ट्रिय रुपमा शान्ति स्थापना कार्यमा सक्रिय रहँदा गर्नुपर्ने कार्य, मुलुकको भौगोलिक अवस्था, अन्तर्राष्ट्रिय परिवेशका आधारमा नेपाली सेनाको संख्या निर्धारण हुने भएकाले हामीले निरपेक्ष रुपमा हेर्नुहुन्न ।’

    त्यस्तै उपप्रधानमन्त्री खड्काले नेपाली सेना संविधानप्रति प्रतिबद्ध सङ्गठन भएको र यसले आफ्नो जिम्मेवारी सोही अनुसार निर्वाह गरिरहेको पनि स्पष्ट पारे । उपप्रधानमन्त्री खड्काले विश्वमा बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्ने गरी नेपाली सेनाको सङ्गठनलाई सुदृढीकरण गर्नुपर्ने आवश्यकता पनि औँल्याए

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend