२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

सेती खोँच वरपर तारबार लगाउन सरकारसँग सांसद भट्टराईको माग


सञ्चार डबली
  • आइतबार, वैशाख ३ २०८०
  • 9.4K
    SHARES

  • images
    सेती खोँच वरपर तारबार लगाउन सरकारसँग सांसद भट्टराईको माग


    काठमाडौं,वैशाख ३ गते । सेती खोँच वरपर तारबार लगाउन नेकपा (एमाले) की सांसद विद्या भट्टराईले सरकारको ध्यानाकर्षण गराएकी छन्। आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै भट्टराईले सेती नदीको खोँचमा परेर वर्षौँ मानिसहरुले ज्यान गुमाउन परेको बताउँदै तारबार लगाउन सरकारसँग माग गरेकी हुन्।

    भूगर्वविद्हरूले पनि सेती नदीले निट भविष्यमा जुनसुकै खालका जोखिम पुर्याउने खतरा रहेकोबारे सरकारलाई ध्यानाकर्षण गराएको बारेमा पनि भट्टराईले स्मरण गराइन्। ‘दुःखद् घटना हुँदा हामी केही संवेदनशील बन्छौं। जब पुरानो हुँदै जान्छ, हामी बिर्सदैँ जान्छौं,’ उनले भनिन्। सेती नदीलाई संरक्षण गर्नका लागि योजना बनाउने विषयमा पटकपटक संसदमा आवाज उठेपनि सरकारले ध्यान नदिएको उनले बताइन्।

  • सम्बन्धित विषय:

  • # सांसद भट्टराईको माग
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend