२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

जसपा विधान अधिवेसन जारी, आज समुहगत छलफल हुने


सञ्चार डबली
  • सोमबार, असार ११ २०८०
  • 7.3K
    SHARES

  • images
    जसपा विधान अधिवेसन जारी, आज समुहगत छलफल हुने

    काठमाडौं, ११ असार । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेसन जारी रहेको छ । सो अधिवेसनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि सोमवार १० समुहमा विभाजन गरेर छलफल हुँदैछ । हिजो आइतवार अध्यक्ष यादवले मस्यौदा बिधान प्रस्ताव गरेका थिए, सोही प्रस्तावित विधानमा आजबाट समुहगत रूपमा छलफल हुन लागेको हो ।

    बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी भएर समुहगत छलफल गर्न लागेका हुन ।

    पुनः एकल नेतृत्वमा फर्काउने जसपा नेपालका विधान पारित भएमा अध्यक्ष यादव पुनः शक्तिशाली हुनेछन् । विधानले ७० बर्षे उमेर हदको ब्यवस्थाका साथै एक ब्यक्ति एउटै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने जस्ता नयाँ ब्यवस्था राखेर बिद्यान प्रस्तुत गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend