२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आगामी वर्ष काठ आयातलाई प्रतिस्थापन गर्ने लक्ष्य राखिएको छ : वनमन्त्री महतो


सञ्चार डबली
  • आइतबार, असार १० २०८०
  • 7.0K
    SHARES

  • images
    आगामी वर्ष काठ आयातलाई प्रतिस्थापन गर्ने लक्ष्य राखिएको छ : वनमन्त्री महतो


    काठमाडौं, १० असार ।आगामी आर्थिक वर्षमा मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले बताएका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री महतोले आगामी आर्थिक वर्षको बजेटमा काठ र काष्ठजन्य वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी विनियोजन गरिएको बताएका हुन्।

    मन्त्री महतोले भने, ‘काठको उत्पादन गरी काठ तथा काष्ठजन्य वस्तु मुलुकलाई आत्मनिर्भर बनाउने र आयातलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ बजेट विनियोजन गरिएको छ। सामुदायिक वन, साझेदारी वन, सरकारद्वारा व्यवस्थित वनहरुमा शिल्पीकल्चरमा आधारीत रहेर वनको दिगो व्यवस्थापन गर्दै काठ, दाउरा उत्पादनका लागि प्रदेश सरकारमार्फत् कार्यान्वयन गर्नेगरी सशर्त अनुदानको व्यवस्था गरिएको छ।’

    मन्त्री महतोले आगामी वर्ष काठ आयातलाई प्रतिस्थापन गर्ने लक्ष्य राखिएको उल्लेख गरेका छन् । आगामी बजेट वनको दिगो व्यवस्थापन, सार्वजनिक तथा नदी उकास क्षेत्रमा वृक्षारोपण, भू तथा जलाधार संरक्षण, जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनको अनुकुलन र वातावरण संरक्षण कायम गर्दै वन क्षेत्रलाई आर्थिक वा उत्पादनमुलक क्षेत्रको रुपमा विकास गर्नेगरी प्रस्ताव गरिएको उनको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend