२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

गृहमन्त्री नारायणकाजी श्रेष्ठ चार दिने भ्रमणका लागि चीन जाँदै


सञ्चार डबली
  • आइतबार, असार १० २०८०
  • 9.6K
    SHARES

  • images
    गृहमन्त्री नारायणकाजी श्रेष्ठ चार दिने भ्रमणका लागि चीन जाँदै

     

    काठमाडौं, १० असार । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा निस्कने भएका छन् । आगामी मंगलबार चार दिने भ्रमणको क्रममा उनी चीन जान लागेका हुन् । श्रेष्ठको सचिवालयका अनुसार ७ सदस्यीय टोलीसहित उनी चीनको छेन्दु शहरमा जान लागेका हुन् ।

    चीनको छेन्दुमा हुने एक व्यापार मेलामा बिशेष अतिथिको रुपमा सहभागी हुनका लागि उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ जान लागेका हुन् । उनको टोलीमा गृह मन्त्रालयका सहसचिवसहितको प्रतिनिधित्व रहने जनाईएको छ ।

    उपप्रधानमन्त्री श्रेष्ठ ४ दिन छेन्दु मा नै रहने, सो क्रममा त्यहाँको विश्वविद्यालयको अवलोकन तथा भ्रमण गर्नेलगायतको कार्यक्रम रहेको छ । उनी शुक्रवार स्वदेश फर्कने छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend