२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

आज देशैभरीका स्थानिय तहले बजेट सार्वजनिक गर्दै


सञ्चार डबली
  • आइतबार, असार १० २०८०
  • 7.6K
    SHARES

  • images
    आज देशैभरीका स्थानिय तहले बजेट सार्वजनिक गर्दै

     

    काठमाडौं, १० असार । आज देशैभरीका स्थानिय तहले बजेट सार्वजनिक गर्दैछन् । मुलुकका सम्पूर्ण स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि आइतबार बजेट सार्वजनिक गर्न लागेका हुन् ।

    स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सार्बजनिक गर्नुपर्नेछ । जसअनुसार असार १० गते स्थानीय तहले बजेट सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नका लागि अग्रिम जानकारी दिनुपर्नेछ ।

    यसअघि दशवटा स्थानीय तहले बजेट सार्बजनिक गरिसकेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कोशी प्रदेशका दुई, मधेश प्रदेशका एक, बागमती प्रदेशका एक, गण्डकी प्रदेशका चार र सुदूरपश्चिम प्रदेशमा दुई स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् ।असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend