२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

डा.बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेको छ : उपेन्द्र यादव


सञ्चार डबली
  • बिहीबार , असार ७ २०८०
  • 8.1K
    SHARES

  • images
    डा.बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेको छ : उपेन्द्र यादव

    काठमाडौं, ७ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईलाई एक्लै हिँड्ने बानी परेको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । जसका कारण उनी समाजवादी मोर्चामा नआएको आफ्नो बुझाइ रहेको यादवको भनाइ छ । सोमबार मात्र माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मोर्चा घोषणा गरेका थिए ।

    यादवकै अनिच्छाका कारण भट्टराई मोर्चामा सहभागी नभएको टिप्पणी भइहरेका बेला आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यादवले यस्तो बताएका हुँन् । उनले समाजवादी मोर्चा गठनका लागि भएको छलफलमा भट्टराई कहिले पनि उपस्थित नभएको उल्लेख गरेका छन् ।

    त्यस्तै अध्यक्ष यादवले मोर्चा नै एउटा पार्टी बन्ने अनुमान गलत भएको बताएका छन् । मोर्चामा भएका कुनै दल अर्को कुनै दलसँग एकता गर्न सक्ने भन्दै उनले अघि भने, ‘मोर्चा नै एउटा पार्टी बन्छ भन्ने आंकलन कसैले गरेका छन् भने त्यो गलत हो । पार्टीहरुको अलग अस्तित्व रहन्छ र घोषित साझा विषयहरुमा सहकार्य हुन्छ ।’

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend