२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

अब चुनावमा गठबन्धन गरौँ भन्ने आँट कसैले राख्दैन: गगन थापा


सञ्चार डबली
  • सोमबार, माघ २८ २०८१
  • 6.1K
    SHARES

  • images
    अब चुनावमा गठबन्धन गरौँ भन्ने आँट कसैले राख्दैन: गगन थापा

    चितवन, माघ २८ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले २०८४ को चुनावमा गठबन्धन गरौँ भन्ने व्यक्ति पार्टीमा नरहने बताएका छन् । चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब चुनावी गठबन्धन गरौँ भन्ने आँट पार्टीमा कसैले नराख्ने बताए ।

    उनले भने, ‘कुनै बेला म एक्लै थिएँ । २०८४ को चुनावमा अगाडि आएर अब नेपाली काँग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने कुराको आँट अब कसैले गर्न सक्दैन । जसले गर्छ, त्यो काँग्रेस रहँदैन । हिजो यसको लागि लडेको, सकेनौँ । अब सिंगो पार्टी आयो ।’

    महामन्त्री थापाले निर्वाचन आयोगले छलफल चलाइरहेको १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्ने प्रस्तावलाई समर्थन जनाए । त्यसरी पार्टीको प्रत्यक्ष उम्मेदवारले पाएको मतलाई नै समानुपातिकको मत मान्ने भएपछि कसैले निर्वाचन अगाडि गठबन्धन गर्ने आँट नै नगर्ने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend