२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेपाल एसबिआई बैंकद्वारा सुर्के माध्यमिक विद्यालय भण्डारेमा शैक्षिक सामाग्री सहयोग


सञ्चार डबली
  • बुधबार, पुस २४ २०८१
  • 6.6K
    SHARES

  • images
    नेपाल एसबिआई बैंकद्वारा सुर्के माध्यमिक विद्यालय भण्डारेमा शैक्षिक सामाग्री सहयोग

    बुधवार, पुस २४ २०८१
    काठमाडौँ । नेपाल एसबिआई बैंकले सुर्के माध्यमिक विद्यालय भण्डारेमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नं ९ स्थित सुर्के माध्यमिक विद्यालय भण्डारेमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको हो ।

    कार्यक्रममा बैंकका  प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले सुर्के माध्यमिक विद्यालय भण्डारे समितिका अध्यक्ष र प्रधानाध्यापकलार्ई औपचारिक रूपमा उक्त सामाग्रीहरू हस्तान्तरण गरेका थिए ।

    सो कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (नियुक्त), राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमूख सञ्चालन अधिकृत, विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत, विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरू समेतको उपस्थिति रहेको थियो ।

    बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ । हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend