२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

आज  काठमाडौं र ललितपुरका यी स्थानमा विद्युत अवरूद्ध हुने


सञ्चार डबली
  • शनिबार, पुस २० २०८१
  • 6.1K
    SHARES

  • images
    आज  काठमाडौं र ललितपुरका यी स्थानमा विद्युत अवरूद्ध हुने


    काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज तीन घण्टा विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौं जोरपाटी वितरण केन्द्रको साँखु फिडर र ललितपुरको पुल्चोक वितरण केन्द्रको युएन पार्क फिडर अन्तर्गतका क्षेत्रहरूमा तीन घण्टा विद्युत अवरूद्ध हुने भएको हो ।

    साँखु फिडर अन्तर्गत पर्ने नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्शिंग पौवा, नांगलेभरे, गागलफेदी आलापोट आदि स्थानमा तथा ठिमीको बोडे फिडर अन्तर्गतको मुलपानी पिपलबोट मुलपानीचौर नेपाल टेलिकम ब्रम्हखेल नयापाटी बागधारा आदि स्थानमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

    त्यहाँ पेप्सी–मुलपानी सडकको कल्भर्ट निर्माणको क्रममा परेको एचटी पोल सार्नका लागि फिडर सटडाउनमा राख्नुपरेको प्राधिकरणले जनाएको छ । त्यस्तै ललितपुरमा युएन पार्क फिडर अन्तर्गत पर्ने शंखमूल, युएन पार्क, शंखमूल टाउन प्लानिङ क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ। त्यहाँ विद्युतीय तार भूमिगत कार्यका लागि फिडर सटडाउनमा राख्नुपर्ने प्राधिकरणले जनाएको  छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend