२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सेयर बजारमा झिनो अकंको सुधार, कति भयो कारोबार ?


सञ्चार डबली
  • बिहीबार , पुस १८ २०८१
  • 5.6K
    SHARES

  • images
    सेयर बजारमा झिनो अकंको सुधार, कति भयो कारोबार ?


    काठमाडौ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६३ अकंले बढेर २५८६.२३ बिन्दुमा बन्द भएको छ ।  ३१५ कम्पनीको १ करोड ८६ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६० करोडको सेयर कारोबार भएको छ ।

    यसदिन आठ उपसूचकमा हरियाली देखिएको हो । आज विकास बैंक समूहको २.४० प्रतिशत, फाइनान्स समूहको ०.४१ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६९ प्रतिशत, हाइड्रोपावर समूहको १.८७ प्रतिशतले सेयर मूल्य बढेको छ । 

    आज सबैभन्दा धेरै प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर किनबेच भएको छ । आज यस कम्पनीको ४६ करोड १७ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै न्यादी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । 

    आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले ९.९६प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानकिर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend