२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

रावा इनर्जी डेभलपमेन्ट कम्पनीले आज आईपीओ बाँडफाँट गर्दै


सञ्चार डबली
  • मंगलबार, जेठ ३० २०८०
  • 9.0K
    SHARES

  • images
    रावा इनर्जी डेभलपमेन्ट कम्पनीले आज आईपीओ बाँडफाँट गर्दै

    काठमाडौ, ३० जेठ । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ आज बाँडफाँट हुँदै छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज अपरान्ह ४ बजे आफ्नै कार्यालय कमलादी काठमाडौंमा बाँडफाँटको तयारी गरिएको छ ।

    मागभन्दा १४.८९ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यसमा ११ लाख ६५ हजार ५२६ जनाले कुल १ करोड २७ लाख ६१ हजार ४८० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ६४ हजार ३६६ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख १ हजार १६० जनाको भने हात खाली हुनेछ ।

    कम्पनीले जेठ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणको लागि ६ लाख ४३ हजार ६६७ कित्ता सेयर निष्कासन गरेको थियो । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले रावाको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend