२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आज सेयर बजारमा झिनो अंकको सुधार


सञ्चार डबली
  • सोमबार, जेठ २९ २०८०
  • 8.9K
    SHARES

  • images
    आज सेयर बजारमा झिनो अंकको सुधार

    काठमाडौं, २९ जेठ । साताको दोस्रो कारोबार दिन आज सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ७.७९ अंकले बढेर १९८७‍.८७ को विन्दुमा कायम हुन पुगेको छ ।

    नेप्से सामान्य अंकले बढ्दा अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घट्न पुगेको छ । सोमबार सेयर बजारमा २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमास सूचीकृत २८५ कम्पनीको ७४ लाख ५४ हजार ७ कित्ता शेयर किनबेच हुँदा पोने ३ अर्बको कारोबार भएको हो ।

    नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज बैकिङ, होटल तथा पर्यटन, लाइफ इन्स्योरेन्स, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र अन्य उपसूचक बढेका छन् भने बाँकी सबै उपसूचक घटेको छ ।

    सर्वाधिक होटल तथा पर्यटन उपसूचकको १०.७८ प्रतिशतले बढेको छ । होटल कम्पनीहरुको सेयर मूल्यमा उछाल आएको छ । फाइनान्स उपसूचक सर्वाधिक ०.९६ प्रतिशतले घट्न पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend