२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 आजदेखि राजविराज विपमानस्थलमा रात्रीकालीन उडान सुरु


सञ्चार डबली
  • सोमबार, पुस १ २०८१
  • 7.5K
    SHARES

  • images
     आजदेखि राजविराज विपमानस्थलमा रात्रीकालीन उडान सुरु


    काठमाडौं । आजदेखि राजविराज विपमानस्थलमा रात्रीकालीन उडान सुरु हुने भएको छ । बुद्ध एयरले आजबाट काठमाडौंदेखि राजविराजसको दुईतर्फी रात्री उडान सुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले राजविराज विमानस्थलमा पनि इन्स्ट्रुमेन्ट फलाईट ल्याडिङ प्रणाली अन्तर्गत कम भिजिबिलिटी भएको अवस्था र रात्रीकालिन समयमा पनि अवतरण गर्ने प्रणालीको सुरुवात गरेसँगै बुद्ध एयरले राती उडान गर्ने भएको छ ।

    बुद्ध एयरले रात्रीकालीन उडान राजविराबाट सुरु गरेसँगै रात्रीकालीन उडान गर्ने विमानस्थलको संख्या १० वटा पुगेको छ । बुद्ध एयरले गत शुक्रबार प्राधिकरण र सो बायुसेवा कम्पनीका पदाधिकारी तथा प्राबिधिकहरुको सहभागिता सहितको इन्ट्रमेन्ट अवतरणको लागि आवश्यक अप्रोच लाइट र अन्य भिजुअल एड्स को फिजिबिलिटी परीक्षण उडान सफललापूर्वक सम्पन्न गरेको छ । उक्त परीक्षण उडानपछि अब बुद्धले नियमित उडान गर्ने भएको छ ।

    काठमाडौं, पोखरा, गौतमबुद्ध अन्तर्राष्ट्रिय सहित धनगढी, नेपालगंज, सिमरा, जनकपुर, चन्द्रगढी विराटनगर र राजविराज गरी रात्रीकालीन उडान गर्ने विमानस्थलको १० वटा पुगेको पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend