२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो युरोको भाउ


सञ्चार डबली
  • सोमबार, जेठ २९ २०८०
  • 9.4K
    SHARES

  • images
    आजको विदेशी मुद्राको विनिमय दर : बढ्यो युरोको भाउ


    काठमाडौ, २९ जेष्ठ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकन डलरको मुल्य हिजो तुलनामा स्थिर रहेको छ भने युरोका भाउ १३ पैसा बढेको छ ।

    जुअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१।६५ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.२५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.५१ रुपैयाँ रहेको छ भने बिक्री दर १४२.१६ रुपैयाँ रहेको छ ।

    हिजो डलरको खरिद दर १३१ रूपैयाँ ६५ पैसा र बिक्री दर १३२ रूपैयाँ २५ पैसा रहेको थियो भाने युरो एकको खरिद दर १४१ रूपैयाँ ६४ पैसा र बिक्री दर १४१ रूपैयाँ २९ पैसा रहेको थियो । बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ४९ पैसा र बिक्री दर १६६ रूपैयाँ २४ पैसा तोकिएको छ ।

    यस्तै,अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ७३ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९९ रुपैयाँ १२ पैसा रहेको छ ।

    जापानिज येन १० को खरिददर भने ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.५३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६६ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ १० पैसा र बिक्रीमा ३५ रुपैयाँ २६ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १४ पैसा र बिक्री दर ३६ रूपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend