२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

डलरको भाउ स्थिर हुँदा अष्ट्रलियन डलरदेखि युरोसम्मको भाउ घट्यो, अन्य मुद्राको भाउ कति ?


सञ्चार डबली
  • सोमबार, मंसिर २४ २०८१
  • 6.7K
    SHARES

  • images
    डलरको भाउ स्थिर हुँदा अष्ट्रलियन डलरदेखि युरोसम्मको भाउ घट्यो, अन्य मुद्राको भाउ कति ?

    काठमाडौँ, मंसिर २४ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ स्थिर हुँदा युरोको भाउ भने घटेको छ । एक अमेरिकी डलरको खरिद मूल्य १३५ रुपैयाँ २१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । 

    त्यस्तै, युरोपियन युरोको भाउ भने घटेको छ । यसअघि एकको खरिददर १४३ रुपैयाँ ७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७१ पैसा तोकिए युरोपियन युरोको भाउ घटेर आज खरिदमा १४२ रुपैयाँ ९१ पैसा र बिक्रीमा १४३ रुपैयाँ ५४ पैसा तोकिएको छ । यसैगरी, युके पाउन्ड स्ट्रलिङ समेत घटेर एकको खरिददर १७२ रुपैयाँ ३० र बिक्रीदर १७३ रुपैयाँ ०७ पैसामा सीमित भएको छ । 

    सोमबार स्वीस फ्रयाङ्कसमेत कमजोर बनेको छ । यसअघि एकको खरिदर १५४ रुपैयाँ ८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा कायम गरिएको स्वीस फ्रयाङ्क आज घटेर खरिदमा १५३ रुपैयाँ ८८ पैसा र बिक्रीमा १५४ रुपैयाँ ५६ पैसा रहेको छ । 

    यता, अष्ट्रेलियन डलरको भाउ समेत घटेको छ । यसअघि एकको खरिददर ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा रहेको अष्ट्रेलियन डलरको भाउ घटेर आज खरिद मूल्य ८६ रुपैयाँ ३९ पैसा र बिक्री मूल्य ८६ रुपैयाँ ७८ पैसामा सीमित भएको छ । 

    त्यस्तै, क्यानेडियन डलरको भाउ समेत घटेको छ । यसअघि एकको खरिदर ९६ रुपैयाँ ३० पैसा र बिक्रीदर ९६ रुपैयाँ ७३ पैसा रहेको क्यानेडियन डलरको भाउ घटेर आज खरिद मूल्य ८६ रुपैयाँ ३९ पैसा र बिक्री मूल्य ८६ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ । 

    यसैगरी, सिङ्गापुरे डलर एकको खरिदार १०० रुपैयाँ ७३ पैसा र बिक्रीदर १०१ रुपैयाँ १८ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९ रुपैयाँ ५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

    त्यस्तै, साउदी अरेबियन रियालको खरिददर ३५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रुपैयाँ १५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद मूल्य ३७ रुपैयाँ ९ पैसा र बिक्री मूल्य ३७ रुपैयाँ २५ पैसा कायम भएको छ । 

    युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा, साउथ कोरियन वन एक सयको खरिदर ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा तोकिएको छ । 

    यसैगरी, कुवेती दिनार एकको खरिदमा ४४० रुपैयाँ १४ पैसा र बिक्रीमा ४४२ रुपैयाँ ०९ पैसा, बहराइन दिनार एकको खरिद मूल्य ३५८ रुपैयाँ ५५ पैसा र बिक्री मूल्य ३६० रुपैयाँ १४ पैसा र ओमानी रियाल एकको खरिद दर ३५१ रुपैयाँ १९ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    binimaya.JPG

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend