२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

रिपब्लिक मिडियाको आइपीओमा ५८ लाख ६१ हजार कित्ताका लागि पर्‍यो आवेदन


सञ्चार डबली
  • आइतबार, जेठ २८ २०८०
  • 7.8K
    SHARES

  • images
    रिपब्लिक मिडियाको आइपीओमा ५८ लाख ६१ हजार कित्ताका लागि पर्‍यो आवेदन

     

    काठमाडौ, २८ जेठ । नेपाल रिपब्लिक मिडियाको आइपीओमा ५८ करोड ६१ लाख २४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आज बिहानसम्ममा ५ लाख ३० हजार १४६ जना सर्वसाधारण लगानीकर्ताले ५८ लाख ६१ हजार २४० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १.६१ गुणा वढी आवेदन हो ।

    कम्पनीले जेठ २६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३६ लाख १९ हजार ९८१ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । कम्पनीको जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ । जसको ४४.९९२२ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर बिक्री गरिसकेको छ ।

    यस्तै, ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोष र ४ प्रतिशतले हुने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । कर्मचारीले ९३ हजार ९६१ कित्ताका लागि आवेदन नदिएका कारण उक्त सेयर पनि थप गरी अहिले सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । यसमा जेठ ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend