२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

शेयर बजारमा उत्साशपूर्ण सुधार, सबैभन्दा बढी कारोबार कुन कम्पनीको भयो ?


सञ्चार डबली
  • आइतबार, जेठ २८ २०८०
  • 8.6K
    SHARES

  • images
    शेयर बजारमा उत्साशपूर्ण सुधार, सबैभन्दा बढी कारोबार कुन कम्पनीको भयो ?


    काठमाडौं, २८ जेठ । साताको पहिलो कारोबारको दिन शेयर बजारमा उत्साशपूर्ण सुधार भएको छ । आजनेप्से परिसुचक ४० दशमलव ४८ अंकले वृद्धि भएको छ । आज नेप्से परिसुचक २ प्रतिशतले बढेर १९८० विन्दुमा पुगेको छ ।

    नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव १० अंकले सुधार भएको छ । आज दिनभर भएका ६१ हजार ४ सय ५० कारोबारबाट २ सय ७५ कम्पनीका ९५ लाख २८ हजार २ सय ५५ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज दिनरमा भएको सम्पूर्ण कारोबार रकम ३ अर्ब ४५ करोड ४३ लाख ४४ हजार ५ सय ६३ पुगेको छ ।

    सबैभन्दा धेरै भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दा प्रति शेयर मूल्य २४५ रुपैयाँ कायम भएको छ ।

    यसैगरी सिटि होटलको शेयर ९.९९ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य १२२ रुपैयाँ कायम भएको छ । गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको शेयर भने ८.७० प्रतिशतले बृद्धि भएको छ भने प्रति शेयर मूल्य ३२५ रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend