२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

करको दायर मात्र बढाएर अर्थतन्त्रको सुधार गर्न सकिदैनः सांसद शाही


सञ्चार डबली
  • आइतबार, जेठ २८ २०८०
  • 8.4K
    SHARES

  • images
    करको दायर मात्र बढाएर अर्थतन्त्रको सुधार गर्न सकिदैनः सांसद शाही


    काठमाडौं,जेठ २८ गते । करको दायर मात्र बढाएर अर्थतन्त्रको सुधार गर्न नसकिने नेकपा (माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले बताएका छन्। आज प्रतिनिधिसभाको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सहभागी हुँदै सांसद शाहीले नीति तथा कार्यक्रम एकातिर छ,तर बजेट भने अर्को तर्फ केन्द्रित भएको बताएका छन् । उनले सबै क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्ने भन्दै सबै प्रकारको आर्थिक समस्यालाई सुधार्नको लागि सबै एकै ठाउँमा उभिन आवश्यक भएको जिकिर गरेका छन् ।

    सांसद शाहीले भने ‘बजेटलाई हेर्दा प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटघाट नभएको मैले बुझेको छु। नीति तथा कार्यक्रम एकातिर छ र बजेट अर्को तर्फ केन्द्रित छ। करको दायरा मात्र बढाएर नेपालको अर्थतन्त्रमा सुधार ल्याउन सकिँदैन।’उनले देशको लागि पूर्वाधार निमार्णमा पनि जोड दिनुपर्ने उनको भनाइ थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend