२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न


सञ्चार डबली
  • मंगलबार, मंसिर १८ २०८१
  • 6.6K
    SHARES

  • images
    महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

    मंगलबार, १८ मंसिर २०८१,

    काठमाडौं । अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ ।

    ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा बैंकले अपांगता भएका व्यक्तिहरूको बैंकिङ्ग कारोबारलाई थप सहजीकरण गर्नको निमित्त उपलब्ध स्रोत साधनहरूको अधिकतम प्रयोग गरी बैंकको दरबारमार्ग शाखालाई अपांगमैत्री शाखाको रूपमा विकास गर्न प्रयास गर्नेछ । साथै अपांगता भएका व्यक्तिहरूलाई सहज सेवा प्रदान गर्नको लागि दरबारमार्ग शाखामा एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तथा फोकल पर्सनको रूपमा खटाइएको छ ।

    साथै संयुक्त राष्ट्र संघ तथा नेपाल सरकारले तय गरेको नारा “ समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार” लाई आत्मसात गर्दै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्गता संरक्षण नेपाल सँगको सहकार्यमा शारीरिक अपाङ्गता भएका तथा दृष्टिविहिनहरुलाई सहयोग गर्ने उद्देश्य अनुरूप बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा आयोजित एक कार्यक्रमका बीच सेतो छडी लगायतका सामग्रीहरू समेत वितरण गरिएको छ ।

    यस किसिमका कार्यहरूबाट अपाङ्गता भएका व्यक्तिहरूको सहज जीवन यापन गर्न तथा समावेशी तथा दिगो भविष्यको आधार निर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

    बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend