२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 आइपीओ निष्कासन गर्ने तयारीमा होटल सब्रिना लिमिटेड


सञ्चार डबली
  • मंगलबार, मंसिर १८ २०८१
  • 7.6K
    SHARES

  • images
     आइपीओ निष्कासन गर्ने तयारीमा होटल सब्रिना लिमिटेड


    काठमाडौं । होटल सब्रिना लिमिटेडले आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको सोमबार बसेको छैटौं साधारण सभाले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको संस्थापक तथा अध्यक्ष निराजन थापाले जानकारी दिए । ९० करोड अधिकृत पुँजी र ५३ करोड रुपैयाँ जारी पुँजी रहेको यस होटलको चुक्तापुँजी ३५ करोड ६५ लाख रुपैयाँ रहेको छ । 

    कम्पनीले न्यूनतम १५ लाख कित्ताको १५ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । यसका लागि गत असार अन्तिममा कम्पनीले संस्थागत परामर्श सेवा तथा प्राथमिक शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त गरिसकेको छ । अबको केही दिनमै नियामक निकाय धितोपत्र बोर्डमा आइपीओ निष्काशनको प्रक्रियामा जाने तयारी भएको कम्पनीको अध्यक्ष निराजन थापाको भनाइ छ ।

    काठमाडौंको बुढानिलकण्ठ ६,गणेश चौकमा रहेको होटेल सब्रिनाले आफ्नो क्षमता विस्तार गर्दै पाँच तारे स्तरमा स्तरोन्नती गर्नका लागि आईपीओ आवश्यक भएको जनाएको छ । साथै कम्पनीमाथि भएको केही कर्जालाई चुक्ता गर्ने लगायतको लक्ष्य राखिएको अध्यक्ष थापा बताउँछन् । अपार्टमेन्ट सहित ६० वटा कोठामा सेवा सञ्चालन गर्दै आइरहेको यस होटलले अब कोठा समेत थप गर्दैछ ।

    होटल सब्रिना सञ्चालनमा आएको तीन वर्षमै होटेल कृटिक एण्ड ब्लगर्स एशोसिएशन तथा होटेल डट कमले २०२१ मा नेपालको सर्वोत्कृष्ट होटलको उपाधिबाट सम्मानित गरेको थियो । हाल होटेलको व्यवस्थापन रोयल अर्किड होटलको “रिजेन्टा प्लेस” ब्राण्डले गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend