२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

महालक्ष्मी विकास बैंकका मार्केटिङ हेड बसन्त बक्सीले पाए एसियाका उत्कृष्ट मार्केटिङ लिडर अवार्ड


सञ्चार डबली
  • सोमबार, मंसिर १७ २०८१
  • 6.3K
    SHARES

  • images
    महालक्ष्मी विकास बैंकका मार्केटिङ हेड बसन्त बक्सीले पाए एसियाका उत्कृष्ट मार्केटिङ लिडर अवार्ड

    सोमबार, मंसिर १७ २०८१
    काठमाडौँ । महालक्ष्मी विकास बैंकका मार्केटिङ हेड बसन्त बक्सीले ‘मार्केटिङ लिडर अवार्ड’ पाएका छन् । ट्रेडफ्लोक बिजनेस म्यागजिनले उनलाई २०२४ मा एसियाका उत्कृष्ट मार्केटिङ लिडरहरूमध्ये एक उत्कृष्टका रूपमा मान्यतासहित अवार्ड दिएको हो।

    महालक्ष्मी बैंकमा उनले नवीन सोचसहितका मार्केटिङ रणनीतिहरू कार्यान्वयन गर्दै एनजिओहरूसँग साझेदारीमार्फत सामाजिक उत्तरदायित्व सम्बोधन गर्न उल्लेखनीय योगदान दिँदै आएका छन् । साथै, डिजिटल परिवर्तन र रचनात्मक सञ्चार माध्यमहरूको प्रयोगले ग्राहकहरूको संलग्नता र व्यावसायिक उपलब्धिमा उल्लेखनीय वृद्धि ल्याएको बैंकले जनाएको छ ।

    सिक्किम मणिपाल विश्वविद्यालयबाट एमबीए र पूर्वाञ्चल विश्वविद्यालयबाट बीबीए हासिल गरेका बसन्तले प्राप्त गरेको अवार्डले संस्थालाई थप उचाइमा पुर्‍याउन सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend