२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

‘डिजिटल राइट्स फेस्टिवल’को दोस्रो दिनः ई–गभर्नेन्स र इको सिस्टमबारे बहस


सञ्चार डबली
  • सोमबार, मंसिर १७ २०८१
  • 8.3K
    SHARES

  • images
    ‘डिजिटल राइट्स फेस्टिवल’को दोस्रो दिनः ई–गभर्नेन्स र इको सिस्टमबारे बहस


    काठमाडौं। काठमाडौँमा जारी ‘डिजिटल राइट्स फेस्टिवल’ अन्तर्गत सोमबार इन्टरनेट गभर्नेन्स र  ईको सिस्टमबारेको छलफलबाट सुरु भएको छ। डिजिटल माध्यमका बहुआयामिक पक्षबारे छलफल गर्न आइतबारदेखि बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा फेस्टिवल सुरु भएको थियो।

    डिजिटल फ्रिडम कोलिसनको आयोजना र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको संयोजनमा भएको फेस्टिवल अन्तर्गत आज सोमबार ईन्टरनेट गभर्नेन्स अन्तर्गत इन्टरनेटको इको सिस्टमबारे चर्चा भइरहेको छ।

    इन्टरनेटको नियमन, नेपालको अवधारणा र विश्व परिवेशका सन्दर्भमा डिजिटल राइट्स फेस्टिवलम अवधारणाहरु आइरहेका छन। कार्यक्रममा इन्टरनेट गभर्नेन्सको नियमन तथा नेपालको अवधारणाबारे युथ आईजीएफ नेपालका अध्यक्ष आनन्द गौतमले धारणा राखेका छन।

    उनले इन्टरनेटलाई कसरी सुरक्षित गर्ने, कसको मातहतमा रहने,  प्रयोगको पहुँच, नियमन, लगायतका विषयलाई ईन्टरनेट गभर्नेन्समा हेरिनु पर्ने बताए। कार्यक्रममा इन्टरनेट सोसाइटी नेपालका अध्यक्ष आशिर्वाद त्रीपाठीले इन्टरनेटको विश्वमा भैरहेको प्रयोग र नेपालको अवस्थाका बारेमा धारणा राखेका छन।

    कार्यक्रममा इन्टरनेटको पहुँच नहुनेहरुको हकमा कसरी विस्तार गर्ने, डाटाको तथ्यांकलाई कसरी सुरक्षित राख्ने, प्रयोग कर्ताले कसरी आफ्नो डेटालाई सुरक्षित राख्ने लगायतमा विषयमा कार्यक्रममा बहस जारी छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend