२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

रायोको सागको मूल्य ३५, चम्सुरको साग किलोकै ११०, अरु तरकारीको मूल्य कति ?


सञ्चार डबली
  • शनिबार, मंसिर १५ २०८१
  • 7.8K
    SHARES

  • images
    रायोको सागको मूल्य ३५, चम्सुरको साग किलोकै ११०, अरु तरकारीको मूल्य कति ?

    काठमाडौँ, मंसिर १५ । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (शनिबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटीमा आज धेरैजसो तरकारी हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ। कालीमाटीमा आज पनि सबैभन्दा सस्तो तरकारी स्कुस छ भने महँगो तरकारी कुरिलो छ।

    कालीमाटीमा आज सानो भारतीय गोलभेँडा ८५, तराईको सानो नेपाली गोलभेँडा ११०, रातो आलु ६७, सेतो आलु ६१, स्थानीय काउली ७५, लाम्चो भन्टा ६५, तने बोडी १५८, मै बोडी ६५, करेला ११०, परबल ८०, हरियो फर्सी ५५, स्कुस २५, रायोको साग ३५, चम्सुर र पालुंगोको साग ११० रुपैयाँ प्रतिकिलो छ।

    त्यसैगरी आज बकुल्ला ११०, तरुल ८५, कन्य च्याउ १९०, डल्ले च्याउ २९३, कुरिलो ११५०, ब्रोकाउली १२० रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मल्य हो। 

    कालीमाटीमा हिजो सानो भारतीय गोलभेँडा ८५, तराईको नेपाली गोलभेँडा ११०, रातो आलु ६७, सेतो आलु ६१, सुकेको भारतीय प्याज ९५, लोकल गाँजर १५५, लोकल बन्दा ७५, स्थानीय काउली ७५, रातो मुला ५५, सेतो मुला ४० रुपैयाँ प्रतिकिलो थियो। 

    त्यसैगरी हिजो लाम्चो भन्टा ६५, तने बोडी १५०, मकै बोडी ६५, करेला ११०, लौका ६५, परबल ८०, चिचिन्डो ५५, घिरौँला ८५, हरियो फर्सी ५५, भिन्डी ११०, स्कुस २५, कन्य च्याउ १९०, डल्ले च्याउ २९३, कुरिलो ११५०, ब्रोकाउली १२० रुपैयाँ प्रतिकिलो थियो। 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend