२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबिच सम्झौता, बैंकका कर्मचारी र ग्राहकहरूलाई विशेष छुट


सञ्चार डबली
  • शुक्रबार, मंसिर १४ २०८१
  • 6.0K
    SHARES

  • images
    नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबिच सम्झौता, बैंकका कर्मचारी र ग्राहकहरूलाई विशेष छुट

    काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारीहरू एवं ग्राहकहरूलाई काठमाडौँको डिल्लीबजारस्थित सिद्धि पोली प्याथ ल्याब प्रा.लि.मा विशेष छुट पाउने भएका छन् । बैंक र सिद्धि पोली प्याथ ल्याबबिच भएको सम्झौता अनुसार उक्त ल्याबद्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा बैंकका कर्मचारीहरू र ग्राहकहरूले बिशेष छुट प्राप्त गर्ने भएका हुन् ।

    नेपाल बैंक लिमिटेड र काठमाडौँको डिल्लीबजारस्थित सिद्धि पोली प्याथ ल्याब प्रा.लि. बिच मिति २०८१ मङ्सिर १२ गते भएको सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू एवं ग्राहकहरूलाई सिद्धि पोली प्याथ ल्याब प्रा.लि. द्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा १० प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ ।

    उक्त सम्झौता पत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र सिद्धि पोली प्याथ ल्याब प्रा.लि.को तर्फबाट प्रमुख वित्त अधिकृत सुजन प्रधानले हस्ताक्षर गरेका थिए ।

    उक्त सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले क्लिनिकबाट प्रदान गरिने biochemistry, hematology, endocrinology, microbiology, infectious disease, hepatitis, HIV, TORCH panels, serology, oncology, ECG, ECHO test, Digital X-ray, Ultrasound जस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend