२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा २५ प्रतिशतसम्म छुट पाउने


सञ्चार डबली
  • बिहीबार , मंसिर १३ २०८१
  • 7.4K
    SHARES

  • images
    नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा २५ प्रतिशतसम्म छुट पाउने

    बिहिवार, मंसिर १३ २०८१
    काठमाडौँ । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा विशेष छुट पाउने भएका छन् । काठमाडौँको जमलमा रहेको नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएसँगै नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले छुट पाउने भएका हुन् ।

    मङ्सिर १० गते नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौँको जमलमा रहेको नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने  सम्बन्धी सम्झौता भएको हो ।

    सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि २५ प्रतिशतसम्म छुट हुने र विभिन्न सेवामा लाग्ने Consultation शुल्कमा १०० प्रतिशत छुट हुने व्यवस्था समेत गरिएको छ ।

    सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजको तर्फबाट अध्यक्ष रूप नारायण शाहले हस्ताक्षर गरे ।

    यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने Endoscopy, Colonoscopy, ECG, EEG, Pulmonary Function Test, FNAC/Biopsy, X-ray, Ultrasound, Doppler, Liver Health, Heart Health, Kidney health, Brain or Neuro Health and Urology, General Physical Checkup, ECHO, Nuclear Cardiology Test, Dental, Skin Care, Hari transplant, Minor Operation, AV Fistula जस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्नेछन् ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend