२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

ज्योति विकास बैंकका ग्राहकलाई ई-रिभल्भिङमा छुट


सञ्चार डबली
  • बिहीबार , मंसिर १३ २०८१
  • 6.5K
    SHARES

  • images
    ज्योति विकास बैंकका ग्राहकलाई ई-रिभल्भिङमा छुट

    विहीबार, १३ मंसिर २०८१, 
    काठमाडौं – ज्योति विकास बैंक लिमिटेडका ग्राहकले काठमाडौंस्थित ई-रिभल्भिङ इन्डियन कजिन रेस्टूराँमा १० प्रतिशतसम्म छुट पाउने भएका छन्‌ ।

    बैंक र रेस्टूराँबीच छुटसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । बैंकका ग्राहकहरूले उक्त रेस्टूराँमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वादिष्ट परिकार, आकर्षक वातावरण, उत्कृष्ट आतिथ्य सेवा र हरेक ४६ मिनेटमा एक सुस्त घुमाउरो घुम्ने विशेषताका कारण काठमाडौँको न्युरोडमा रहेको यो रेस्टूराँले ग्राहकहरूको मन जितिरहेको बैंकको दाबी छ ।

    हालै बैंकले काठमाडौँस्थित अचार घर, नेपाल हाउस रेस्टूराँ एण्ड बार र महोत्सव रेस्टूराँ एण्ड बारमा आफ्ना ग्राहकलाई १० प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता गरिसकेको छ । साथै, बैंकले काठमाडौँस्थित प्रख्यात शोयाछा ट्रेडर्समा १८ प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। साथै, बैंकले अन्नपूर्ण केबलकारमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

    ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै र देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई छुट र सुविधा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

    ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, तीन विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत् बैंकिङ सेवा उपलब्ध गराइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend