२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

मह र माग्रिं गाउँमा २० बर्षपछि बत्ति बल्यो


सञ्चार डबली
  • शनिबार, जेठ २७ २०८०
  • 12.1K
    SHARES

  • images
    मह र माग्रिं गाउँमा २० बर्षपछि बत्ति बल्यो


    काठमाडौं, २७ जेठ । जिल्लाको मुगुमा कार्मारोगं गाउपालिका वडा नं ८ मा रहेको च्याप्ने गाड जलविद्युत आयोजना करिब २० वर्ष पछि बत्ति बलेको छ । २०५८ साल बाट स्थापना भएको च्याप्नेगाड जलविद्युत आयोजना सन्चालन भएको २० बर्ष भन्दा बढी समय बिती सक्दा पनि हाल सम्म सन्चालनमा नआउदा मह र मांग्रि गाउका झण्डै चार सय घरधुरी अध्याँरोमा बस्न बाध्य भएका थिए ।

    बिभिन्न मिडियामा समाचार सम्प्रेषण पश्चात आयोजनाले निर्माण कार्य लाई गति लिए पछि अहिले च्याप्ने गाड जलविद्युत आयोजना अन्नत २० वर्ष पछि बत्ति बलेको हो । बुधवार विधिगत रुपमा कर्णाली प्रदेशका निबर्तमान माननिय दानसिंह परियार र आयोजनाका समितिहरुको सयुक्त रुपमा उद्धघाटन गरेका छन् ।

    यो जलबिधुत आयोजना बाट २० किलो वाट बिद्युत उत्पादन गर्ने क्षमता रहेको दुई वटा गाउ माग्री र मह गाँउमा बस्ने ४ सय भन्दा बढी घरधुरीलाई लक्षीत गरि निमार्ण गरीएको थियो । साबिकको जिल्ला बिकास समितिको कार्यालय मुगु अन्तरगर्त रहेको दुर्गम बिकास क्षेत्रबाट सञ्चालीत यस च्याप्नेगाढ साना जलबिधुत आयोजनाको जिम्मा पाएको राधा कन्ट्रक्सनले ५८ लाखमा ठेक्का लिएको हो ।

    ठेक्कादरले मेकानिकल पाटो सामान खरीद ढुवानि खरीद आयोजना स्थल पुर्याउने र अन्य ढुङ्गगा, माटो, नहर बनाउने मर्मत उपभोक्ता समितीबाट गर्ने गरी सन्चालन भएको यो आयोजनास्थल धेरै नहुदा हुदै काम खटीएका प्राबिधिक हिसावले डिजाइन स्टमेट अनुसार सम्पन्न काम काज भई पावर हाउममा बत्ति बाली मह, माग्री गाउँमा बतीले झिलीमिली भई सकेको दुर्गम बिकास क्षेत्रले जिल्लाबाट प्रतिबेदन दिई सकेको कागजी रुपमा सम्पन्न काम भएको रिपोर्ट साबिकको जिबिस अन्तरगत दुर्गम बिकास क्षेत्र बाट रिपोटमा पास भएता पनि कुनै काम नहुदा केही वर्ष देखि अपलत्र अवस्थामा परेको थियो ।

    विद्युत निमार्णको लागी भएको खर्च २६ लाख दुर्गम बिकास कोषको, साबिकको माग्री गाबिसको ५ वडा देखी ९ बडासम्म लक्षीत कार्याक्रमको ८ लाख ९० हजार, नेपाल जलवायू परीवर्तन कार्यक्रम लापाको ९ लाख १० हजार, संसद बिकास कोषलगायत अन्य बिभिन्न निकायको सहयोग गरी ५० लाख र गमगाढ साना जलबिधुत आयोजनाको २० लाख रकम र अन्य श्रोत बाट गरि जम्मा २ करोड ५० लाख मा विद्युत आयोजना सम्पन्न भएको च्याप्ने गाढ जलविद्युत आयोजनाका अध्यक्ष सोनाम छिरिङ्ग लामाले बताए । अध्यक्ष लामाका अनुसार आर्थिक अभावका कारण बिगतका दिनहरुमा विद्युत बाल्न सकिएको थिएन ।

    यहाको स्थानीय सरकार मुगुम कार्मारोगं गाउपालिकाले कुनै पनि तहबाट सहयोग पनि नगरेको र राजनितिक खिचातानिले गर्दा स्थानीय सरकारबाट सहयोग नभएको उनको आरोप छ ।

    अब विद्युत बलेपछि बिशेष गरेर बालवालिका लाई पठनपाठन र वृद्धवृद्धाहरु लाई सहज हुने अपेक्षा गरिएको छ । अब घर घरमा बत्ति बलेपछि रोजगारीका अवसरहरु देखिएका छन । बिद्युतले गर्दा विभिन्न प्रकारका उद्यम गरेर यसै ठाउमा रोजगारी सिर्जना हुने स्थानीय छिरिङ्ग क्यामा लामाले बताईन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend