२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बक्यौता बुझाउन बाँकी उद्योगमा तत्काल लाइन नकाट्ने प्राधिकरणको निर्णय


सञ्चार डबली
  • बुधबार, मंसिर १२ २०८१
  • 5.6K
    SHARES

  • images
    बक्यौता बुझाउन बाँकी उद्योगमा तत्काल लाइन नकाट्ने प्राधिकरणको निर्णय

     


    काठमाडौं । नेपाल विद्युत् प्राधिकरण बोर्ड बैठकले डेडिकेटेड फिडर र ट्रंकलाइन बिजुली उपभोग गरी बिल भुक्तानी बक्यौता रहेका उद्योगहरूको लाइन नकाट्ने निर्णय गरेको छ । बुधबार (आज) बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बोर्ड बैठकले बक्यौता बुझाउन बाँकी रहेका उद्योगहरूमा बिजुली नकाट्ने निर्णय गरेको हो । 

    विद्युत् नियमन आयोगले उद्योगहरूको बिजुलीको लाइन नकाटेर बक्यौता असुली गर्न निर्देशन दिएकाले बोर्ड बैठकले वैकल्पिक बाटो प्रयोग गरेर पैसा उठाउने निर्णय गरेको विद्युत्‌ प्राधिकरण स्रोतले जनाएको छ । 

    नेपाल विद्युत प्राधिकरणले बक्यौतालाई आधार बनाएर लाइन काटेका उद्योगमा सरकारको कात्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकले १५ दिनभित्र टाइम अफ डे (टिओडी)  मिटरका आधारमा बक्यौता उठाउनेगरी पुनः लाइन जोड्ने निर्णय गरेको थियो । त्यसपछि प्राधिकरणको बोर्डको बैठकले निर्णय गरेर उद्योगमा लाइन जोडिएको आज बुधबार १५ दिन समय बित्दापनि उद्योगीबाट प्राधिकरणले बक्यौता भने उठाउन सकेको छैन ।

    प्राधिकरणले आज बुधबार उद्योगहरूमा पुनः लाइन काट्नसक्ने देखेपछि मंगलबार विद्युत नियमन आयोगले प्राधिकरणलाई पत्र लेख्दै उद्योगमा लाइन नकाटी बक्यौता उठाउन निर्देशन दिएको थियो । आयोगको सोही निर्देशनको आधारमा बक्यौता बाँकी रहेका उद्योगमा पुनः लाइन नकाट्ने निर्णय बोर्डले गरेको प्राधिकरणले जनाएको छ । 

    बोर्डको निर्णयप्रति सञ्चालक सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनले भने फरक मत राखेका छन् ।  यसअघि विद्युत्‌  नियमन आयोगले बक्यौता बुझाउन बाँकी उद्योगमा बिजुलीको लाइन नकाट्न निर्देशन दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend