२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सिटिजन बैंकका ग्राहकले इजी डेन्टलमा विशेष छुट पाउने


सञ्चार डबली
  • मंगलबार, मंसिर ११ २०८१
  • 8.3K
    SHARES

  • images
    सिटिजन बैंकका ग्राहकले इजी डेन्टलमा विशेष छुट पाउने


    काठमाडौं । सिटिजन बैंक लिमिटेड र इजी डेन्टल महांकालबीच ग्राहकलाई विशेष स्वास्थ्य सेवा उपलब्ध गराउन सम्झौता भएको छ । सम्झौताअनुसार, सिटिजन बैंकका ग्राहकहरूले इजी डेन्टलमा ओपीडी दर्ता शुल्क, डाक्टर परामर्श शुल्क र आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छुट पाउनेछन् । यसका अतिरिक्त, अन्य सेवा शुल्कहरूमा १५ प्रतिशत छुटपनि उपलब्ध हुनेछ ।

    सम्झौतामा बैंकका बौद्ध शाखाकी म्यानेजर मनिषा थापा र इजी डेन्टलका निर्देशक अजय कुमार रेग्मीले हस्ताक्षर गरेका छन् । सिटिजन बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै यस्ता विशेष योजनाहरू ल्याएको बताएको छ । इजी डेन्टलले पनि आफ्नो ग्राहकलाई उच्चस्तरीय दन्त उपचार सेवा सहुलियतमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

    इजी डेन्टल, काठमाडौँ महानगरपालिका वडा नम्बर ६, चाबहिलस्थित महांकाल खानेपानी संस्थान अगाडि रहेको छ । यहाँ बिरामीहरूको लागि आधुनिक उपचार कक्षहरू, नवीनतम उपचार प्रविधि, गुणस्तरीय स्टेरिलाइजेसन प्रोटोकलहरू, आरामदायक प्रतीक्षा क्षेत्रहरू, र लिफ्ट साथै पार्किङ सुविधाको व्यवस्था गरिएको छ । सिटिजन बैंकले आफ्नो सबै शाखामार्फत स्वास्थ्य र सामाजिक सेवामा पहुँच विस्तार गर्दै आएको छ र यस्ता योजनाहरूलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend