२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बाढीले क्षति पुर्‍याए पनि  यस वर्ष धान उत्पादनमा वृद्धि


सञ्चार डबली
  • शनिबार, मंसिर ८ २०८१
  • 7.9K
    SHARES

  • images
    बाढीले क्षति पुर्‍याए पनि  यस वर्ष धान उत्पादनमा वृद्धि


    काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष सुनसरी जिल्लामा धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष दुई लाख १३ हजार एक सय ६० मेट्रिकटन धान उत्पादन भएको थिएकामा यस वर्ष दुई लाख १७ हजार चार सय २३ मेट्रिकटन धान उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठले जानकारी दिए । कृषि ज्ञान केन्द्रको प्रारम्भिक तथ्याङ्कअनुसार दुई दशमलव पाँच प्रतिशतले उत्पादन वृद्धि भएको उनले बताए ।

    सूचना अधिकारी श्रेष्ठका अनुसार जिल्लामा ४८ हजार नौ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । गत असोजमा आएको बाढीले नौ सय ३५ हेक्टरमा धान नष्ट भए पनि समग्रमा गत वर्षभन्दा बढी उत्पादन हुनु सुखद विषय भएको  बताए । “धान नष्ट हुँदा आठ करोड ३८ लाख बराबरकोे क्षति भयो । यदि त्यसो भएको भए अझै बढी उत्पादन हुन्थ्यो, तथापि गत वर्षको तुलनामा धान उत्पादनमा कमी भने भएन । यो हामी सबैका लागि सुखद समाचार हो”, श्रेष्ठले भने ।

    यहाँ प्रतिहेक्टरमा चार दशमलव ५३ मेट्रिकटन धान उत्पादन भएको छ । यहाँका किसानले बढी जसो राधा, बार तरहरा, सावित्री, सुनौलो सुगन्ध, लोकतन्त्र, कालो पोके, लोकनाथ, राम, बास्मतीलगायत जातका धान लगाउँदै आएका छन् । सुनसरीको बराहक्षेत्र, रामधुनी, कोशी, इनरुवा, देवानगञ्ज बर्जु, दुहबीलगायतका ठाउँमा बढी धान उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend