२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

 चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा : नेपाल राष्ट्र बैंक


सञ्चार डबली
  • शनिबार, जेठ २७ २०८०
  • 9.1K
    SHARES

  • images
     चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा : नेपाल राष्ट्र बैंक

    काठमाडौं, २६ जेठ । चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०७९–८० को १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार समीक्षा अवधिमा चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको छ । 

     अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब ४५ अर्ब ६ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ५५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४२ करोड ४५ लाखले घाटामा रहेको छ ।

     समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २०.५ प्रतिशतले कमी आई ६ अर्ब ३६ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोड रुपैयाँ मात्र आएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.७ अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो ।

     गत वैशाख महिनामा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट एक्स्टेन्डेड क्रेडिट फसिलिटीअन्तर्गत दोस्रो किस्तावापतको ६ अर्ब ८८ करोड रुपैयाँ (अमेरिकी डलर ५ करोड २७ लाख)  प्राप्त भएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend