२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

 २५ खर्ब नाघ्यो सरकारको सार्वजनिक ऋण


सञ्चार डबली
  • बुधबार, मंसिर ५ २०८१
  • 6.4K
    SHARES

  • images
     २५ खर्ब नाघ्यो सरकारको सार्वजनिक ऋण


    काठमाडौं ।  सरकारको सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको एक तथ्यांक अनुसार नेपालले लिएको यस्तो ऋण पछिल्लो चार महिनामा मात्रै ८३ अर्ब ९५ करोड रुपैयाँले बढेको छ । चालू आर्थिक वर्षको सुरुमा यस्तो सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब रुपैयाँ रहेको थियो ।

    यस्तो ऋणमध्ये आन्तरिक ऋण १२ खर्ब ५२ अर्ब रुपैयाँ रहेको छ भने बाह्य ऋण १२ खर्ब ६५ अर्ब रुपैयाँ रहेको पनि सार्वजनिक ऋण कार्यायलले सार्वजनिक गरेको एक तथ्यांकमा उल्लेख छ ।

    सरकारले पछिल्लो ४ महिनामा ८६ अर्ब ३१ करोड रुपैयाँ ऋणको सावा र ब्याज भुक्तानी गरेको छ । यस्तो रकम आन्तरिक ऋणकोलागि ७२ अर्ब ७४ करोड र बाह्य ऋणको लागि १३ अर्ब ५७ करोड रुपैयाँ भुक्तानी गरेको पनि तथ्यांकमा देखिएको छ ।सरकारले लिएको यो ऋण हालको करिब २ करोड ९६ लाख ३८ हजार जनासंख्याको आधारमा हरेक नेपालीको थाप्लोमा करिब ८५ हजार रुपैयाँ ऋणभार पर्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend